सोमबार, वैशाख १४, २०८३

अक्सिजनको अभाव भएपछि १२ कोरोना संक्रमित डिस्चार्ज

मेरोन्यूज २०७८ वैशाख २८ गते २०:०५

काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अक्सिजन नभएको भन्दै १२ जना कोरोना संक्रमणका बिरामीलाई डिस्चार्ज गरेको छ ।

Advertisement
NiccNicc

अस्पतालल मंगलबार एक सूचना जारी गर्दै अक्सिजन आपूर्ति गर्ने कम्पनी सोपान फर्मास्युटिकल्स लिमिटेडको मेसिन बिग्रिएकाले अक्सिजनको अभाव भएको अस्पताल प्रशासनले जनाएको छ।

अन्यत्रबाट समेत अक्सिजनको व्यवस्था हुन नसकेपछि बिरामी डिस्चार्ज गर्नुपरेको जनाएको छ । अस्पतालका आवासीय चिकित्सक डा गुञ्जन खड्काका अनुसार कोरोना संक्रमणका गम्भीर बिरामी अस्पतालमा अक्सिजन सकिएपछि नयाँ बिरामी भर्ना नलिने गरिएको छ ।

अत्यधिक अक्सिजनको माग हुदाँ पुर्‍याउन  समस्या रहेको उनले बताए । उनका अनुसार आइसीयू र भेन्टिलेटर गरी २५ जना छन् । बेडमा ९० जना भर्ना भएकामध्ये ७० प्रतिशतलाई अक्सिजन आवश्यक छ ।

बिरामीहरुलाई अक्सिजन टुटाउनु हुँदैन, सिलिन्डर खालि गरेर भरेर ल्याउन नभ्याउने भएपछि उहाँहरुलाई डिस्चार्ज गरिएको हो- उनले भने । अक्सिजन अभावमा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले पहिल्यै जानकारी गराइएको अस्पतालले जनाएको छ।

अक्सिजनको अभावमा बिरामीलाई डिस्चार्ज गर्न लागिएको बारे स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, महानगरीय प्रहरी वृत्तलगायतमा जानकारी गराइसकेको अस्पतालको समेत विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच बिरामी डिस्चार्ज गर्न थालेपछि मंगलबार नै कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी)ले नेपाल मेडिकल कलेजमा १० वटा अक्सिजन पठाएको छ ।

प्रतिक्रिया