अक्सिजनको अभाव भएपछि १२ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अक्सिजन नभएको भन्दै १२ जना कोरोना संक्रमणका बिरामीलाई डिस्चार्ज गरेको छ ।
अस्पतालल मंगलबार एक सूचना जारी गर्दै अक्सिजन आपूर्ति गर्ने कम्पनी सोपान फर्मास्युटिकल्स लिमिटेडको मेसिन बिग्रिएकाले अक्सिजनको अभाव भएको अस्पताल प्रशासनले जनाएको छ।
अन्यत्रबाट समेत अक्सिजनको व्यवस्था हुन नसकेपछि बिरामी डिस्चार्ज गर्नुपरेको जनाएको छ । अस्पतालका आवासीय चिकित्सक डा गुञ्जन खड्काका अनुसार कोरोना संक्रमणका गम्भीर बिरामी अस्पतालमा अक्सिजन सकिएपछि नयाँ बिरामी भर्ना नलिने गरिएको छ ।
अत्यधिक अक्सिजनको माग हुदाँ पुर्याउन समस्या रहेको उनले बताए । उनका अनुसार आइसीयू र भेन्टिलेटर गरी २५ जना छन् । बेडमा ९० जना भर्ना भएकामध्ये ७० प्रतिशतलाई अक्सिजन आवश्यक छ ।
बिरामीहरुलाई अक्सिजन टुटाउनु हुँदैन, सिलिन्डर खालि गरेर भरेर ल्याउन नभ्याउने भएपछि उहाँहरुलाई डिस्चार्ज गरिएको हो- उनले भने । अक्सिजन अभावमा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले पहिल्यै जानकारी गराइएको अस्पतालले जनाएको छ।
अक्सिजनको अभावमा बिरामीलाई डिस्चार्ज गर्न लागिएको बारे स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, महानगरीय प्रहरी वृत्तलगायतमा जानकारी गराइसकेको अस्पतालको समेत विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच बिरामी डिस्चार्ज गर्न थालेपछि मंगलबार नै कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी)ले नेपाल मेडिकल कलेजमा १० वटा अक्सिजन पठाएको छ ।















हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया