दमौली अस्पतालले शुरु गर्यो कोभिड सङ्क्रमितको उपचार

दमौली । दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो ।
अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौडेलले जानकारी दिए ।
उनका अनुसार चार जना व्यास नगरपालिकाका र एक जना म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ । सबै सङ्क्रमित निमोनियापीडित छन् । सङ्क्रमितलाई अक्सिजन दिइएको छ ।
“सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उहाँहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ”, डा. पौडेलले भने । उनका अनुसार अस्पतालमा १६ सङ्क्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।
अहिलेको अवस्थामा उक्त शैय्या आजै भरिनेजस्तो देखिएको डा. पौडेलले बताए । अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो । उक्त ठाउँमा शैय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ ।
अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शैय्या यसअघि नै तयार गरिसकेको छ ।











तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया