भोज खान जाँदा कोरोना संक्रमण भएर एकै घरका तीन जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ३१ गते ११:३८
काठमाडौँ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ४ मा एकैघरका तीन जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । उनीहरू तिनै जनाको एक हप्ताभित्रै मृत्यु भएको हो ।
बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाह भोज खाएकाहरू नै संक्रमित भएका थिए । मृत्यु हुनेहरू विवाह भोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरमै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।
सम्बन्धित
















इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया