कोरोना संक्रमितको गाउँपालिकामै उपचार

डोटी । डोटी जिल्लामा कोरोना संक्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना संक्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ । चिकित्सकसहित छ स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार सेवा दिन थालेका छन् ।
पालिकामा रहेको स्वास्थ्य कार्यालयमा कोभिड अस्पताल सञ्चालन गरी दश श्ययासहितको आइसोलेशन कक्ष तयार गरी कोरोना संक्रमितको उपचार गर्ने योजनाअनुसार उपचार कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए । गाउँपालिकामै कोरोना संक्रमितको उपचार गर्ने जिल्लामा बडिकेदार पहिलो गाउँपालिका भएको अध्यक्ष चन्दको जिकिर छ । उनका अनुसार आइसोलेशनसमेत दश श्ययामा अक्सिजन सहितको व्यवस्था पनि मिलाइएको छ । गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालबाट कोरोना संक्रमितको उपचार प्रक्रिया शुरु भएको गाउँपालिकामा कार्यरत चिकित्सक डा सुरज श्रेष्ठले बताए ।
उनले भने, “पालिकाको निर्णयअनुसार हामीले दश श्ययासहित अक्सिजनको व्यवस्था गरी कोरोना संक्रमितको उपचार गर्न शुरु गरेका छौँ, कोरोना लागिहाले उपचार नपाएर मर्ने चिन्ता केही हदसम्म अन्त हुने भएको छ ।” यसभन्दा पहिले उक्त गाउँपालिकामा कोरोना संक्रमित भएका व्यक्तिलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल तथा अन्य निजी अस्पतालमा लैजानुपर्ने अवस्था रहेको थियो । गाउँमै कोरोना संक्रमितको उपचार गरिन थालेपछि संक्रमितलाई उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने समस्या समाधान भएको भन्दै स्थानीयवासी खुशी भएका बडिकेदार–१ का प्रकाश कलेलले जानकारी दिए ।
अस्पतालले कोरोना सङ्क्रमितको उपचार गर्न शुरु गरेपछि सङ्क्रमित बढ्दै गए अक्सिजनको अभाव हुने भन्दै चिन्ता थपिएको डा श्रेष्ठले जानकारी दिए । पालिकाले सञ्चालनमा ल्याएको उक्त कोभिड अस्पतालमा अहिले एक चिकित्सक, मेडिकल अधिकृत, एक हेल्थ असिसटेन्ट, एक अनमी, एक सिएमए र एक कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कूल १३ कोरोना संक्रमित रहेकामा १२ को होम आइसोलेशन तथा एक जनाको कोरोना अस्पतालमा उपचार भइरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरिमा हालसम्म कूल ४२१ जनामा कोरोना संक्रमण भएको छ । रासस
















Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया