एनएसएल फुटबलको उपाधि भिडन्त आज, कसले मार्ला त बाजी ??

काठमाडौं । नेपाली फुटबल ईतिहासमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलको उपाधि भिडन्त आज हुदैछ ।
पहिलो संस्करणको प्रतियोगीताको उपाधिका लागि धनगढी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्दैछन् । जारी प्रतियोगीताको शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायरमा भिडेका टोली अन्तत फाईनलमा पनि आमने सामने हुन लागेका हुन् ।
पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई २–१ गोल अन्तरले हराउँदै फाईनलमा स्थान बनाएको थियो । काठमाडौंले एलिमिनेटर खेलको विजेता ललितपुर सिटी एफसीलाई हराउँदै तेस्रो पटक धनगढीसंगको भेट पक्का गरेको हो ।
यसअघिका दुबै भेटमा धनगढीले काठमाडौंलाई हराएको थियो । सुदुरपश्चिमेली टोली काठमाडौंमाथी सोहि लय कायम राख्दै उपाधि हात पार्न चाहन्छ ।
धनगढीका प्रशिक्षक तोपे फुजाले काठमाडौंलाई लिग चरण र प्लेअफमा पनि पराजित गरिसकेकाले आफूहरु च्याम्पियन बन्नेमा कुनै द्विविधा नरहेको बताए । तर, विपक्षीलाई दिनुपर्ने सम्मानलाई लिएर आफूहरु सचेत रहेको उनले बताए ।
त्यस्तै कप्तान किरण चेम्जोङले फाइनल खेल लिग चरणभन्दा फरक हुने भएकाले आफूहरु सतर्क भएर खेल्ने सुनाए ।
काठमाडौंलाई भने अघिल्ला २ भेटमा भोगेको हारको बदला लिंदै उपाधि कब्जा गर्ने अवसर मिलेको छ । काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले हार्ने मानसिकताले नखेल्ने र यसअघिका कमजोरी सुधार्दै उपाधि जित्नका लागि मैदान ओर्लने प्रतिक्रिया दिए ।
फाइनलअघि पर्याप्त आरामको समय नपाए पनि बेञ्च सशक्त भएकाले कुनै दवाव नहुने महर्जनको भनाइ थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । काठमाडौं विकेश कुथु र धनगढी किरण चेम्जोङको कमानीमा रहेका टोली हुन् ।
लिगमा ७ वटा फ्रेन्चाईज टोली सहभागी छन् । उपाधी बिजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया