अक्सिजन अभावले ५ सय शय्याको भवन सञ्चालन गर्न समस्या

काठमाडौँ । वीर अस्पतालमा अक्सिजन अभाव भएसँगै नयाँ भवन सञ्चालन गर्न कठिन भएको छ । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको उपचार गर्न सञ्चालन गर्ने निर्णय गरे पनि अक्सिजन अभाव हुँदा सञ्चालन गर्न समस्या भएको हो ।
अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालन गर्ने तयारी भए पनि अक्सिजन अभाव हुँदा सञ्चालन हुन नसकेको बताए । नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग हुँदै आएको छ । तर, ७ हजार दुई सय सिलिण्डर मात्र उत्पादन हुने गरेको छ ।
“हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौँ, तर अक्सिजन नभएपछि रोकिएको छ, ” उनले भने, “अहिले संक्रमितलाई अक्सिजन चाहिन्छ, त्यसैले अक्सिजनविना नयाँ भवनमा राख्न सकिँदै ।”
सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५ सय शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्न कम्तीमा ६ सय सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया