एमालेलाई मत दिने राप्रपाको समझदारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभामा रिक्त एक सिटका लागि हुन लागेको निर्वाचनमा गृह मन्त्रीसमेत रहेका उम्मेदवार रामबहादुर थापालाई मत दिने समझदारी गरेको छ । नेकपा एमालेका उम्मेदवार थापालाई मत दिन राप्रपा नेताहरूबीच समझदारी भएको हो ।
औपचारिक निर्णय नभए पनि शनिबार भएको अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित पार्टीका शीर्ष नेताबीच बादलको पक्षमा मत हाल्ने समझदारी भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
‘हामीलाई कुनै पार्टीले मत हालिदिनु पर्यो भन्ने कुरा आएको छैन, तर दुई उम्मेदवारमध्ये थापालाई मतदान गर्ने बारेमा छलफल भइरहेको छ,’ पार्टीका एक अध्यक्ष डा. लोहनीले भने, ‘यसलाई नै अन्तिम निर्णय मानेर अघि बढ्न सकिन्छ, हामीबीच एक प्रकारको सहमति भइसकेको छ ।’
यसअघि थापा वागमती प्रदेशबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारका प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनले माओवादी पार्टी परित्याग गरेसँगै सो पद रिक्त भएको थियो ।
एमालेले रिक्त पदमा थापालाई उम्मेदवार बनाएको छ । यस्तै, नेपाली कांग्रेस र माओवादी केन्द्रले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफ्नै पार्टीका कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । रिक्त पदका लागि आगामी जेठ ६ गते निर्वाचन हुने भएको हो ।
















कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया