चेम्बर अफ कमर्सद्वारा सरकारी अस्पताललाई स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले काठमाडौंका सरकारी अस्पताललाई पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भिटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेट लगायत अत्यावश्यक सामग्री वितरण गरेको हो ।
चेम्बरको टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पतालमा आइतबार सामग्री वितरण गरेको हो । चेम्बरले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवं कार्यसमितिका उपाध्यक्ष दीपक कुमार मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड–१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।
उक्त अभियानअन्तर्गत बिरामीको बढी चाप हुने सरकारी अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको चेम्बरले जनाएको छ । वीर अस्पतालका तर्फबाट प्रा.डा. रमिला श्रेष्ठले स्वास्थ्य सामग्री बुझेका हुन् ।
त्यस्तै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. पवनराज चालिसेले सामग्रीहरू बुझ भने छत्रपाटी निःशुल्क चिकित्सालयबाट डा. मनोज श्रेष्ठले स्वास्थ्य सामग्री बुझेका हुन् । यस्तै चेम्बरको टोलीले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहलाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।
कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा. रामहरि चापागाईँलाई सामग्री हस्तान्तरण गरेको छ । परोपकार मातृ तथा बाल अस्पतालका डा. आशालक्ष्मी प्रजापतिले सामग्रीहरू बुझेका छन् ।
अस्पतालहरूमा अत्यावश्यक अक्सिजन तथा सिलिन्डरको अभाव देखिएकाले यथाशीघ्र सिलिण्डर तथा अक्सिजन कन्सेन्टेटर आयात गरी एक साताभित्र अस्पतालमा वितरण गरिने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया