नवनियुक्त दुई मन्त्रीको शपथग्रहण
मेरोन्यूज
२०७८ जेठ ३ गते १७:१३

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । दुवै मन्त्रीलाई आज प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् ।
नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आइतबार साँझ मन्त्री नियुक्त गरेको थियो ।
आन्तरिक मामिलामन्त्री नेपाली र आर्थिक मामिलामन्त्री शर्माले आजै पदभार ग्रहण गरेका छन् । सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँले सम्हालेका छन् । रासस
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया