भारतमा कोभिड-१९ का संक्रमितको संख्या घट्दै

काठमाडौँ । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा संक्रमित हुनेको संख्या घटेको पाइएको छ । सोमबार त्यहाँका २ लाख ८१ हजार ३६८ जना संक्रमित थपिएकामा आज मंगलबार त्यसमा केही कमी आएको छ ।
गएको २४ घन्टा यता मंगलबार बिहान प्राप्त भएको समाचारमा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार जना मात्र पाइएको बताइएको छ । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित भेटिएका हुन् ।
सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो । त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा गएको २४ घन्टा यता यहाँका ४ हजार ३२९ जनाको कारोना संक्रमणबाट मृत्यु भएको छ । मंगलबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ७८ हजार ७१९ जनाको ज्यान गएको पनि बताइएको छ ।
मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५२ लाख २८ हजार ९२९ पुगेको छ । भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ ।

















नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
सम्बोधनअघिको दबाबमा ट्रम्प
निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन
चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
प्रतिक्रिया