आइतबार, वैशाख ६, २०८३

बिहानै लमजुङ केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प

मेरोन्यूज २०७८ जेठ ५ गते ६:११

काठमाडौं । बिहानै लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यसको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ ।

२०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम अझै जारी छ। पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया