१० दिनमा पद गुमाएका मनाङे दोस्रोपटक मन्त्री बन्दै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागेसँगै राजिव गुरुङ ‘दीपक मनाङे’ दोस्रोपटक मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री गुरूङले यसअघिकै मन्त्रीहरूलाई पुनः मन्त्री बनाउने भएसँगै मनाङे दोस्रोपटक मन्त्री बन्ने भएका हुन् ।
मनाङे काठमाडौँमा भएकाले आज सपथ भने नलिने भएका छन् । उनी पोखरा जान नभ्याउने भएकाले सपथ लिन नभ्याउने मुख्ममन्त्रीको सचिवालले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले वैशाख २६ गते राजीनामा दिएसँगै मनाङेको मन्त्री पद खारेज भएको हो । मन्त्री भएको १० दिनमै मन्त्री पदबाट काम चलाउ मन्त्री बनेका मनाङे पुनः मन्त्री बन्ने भएका हुन् ।
मनाङे गत वैशाख १६ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए । उनले पदभार ग्रहण गर्दै आफ्नो सरकार एक हप्ता मात्रै टिक्ने बताएका थिए ।
कोरोना भाइरसको संक्रमणका कारण मुख्यमन्त्री गुरूङले नियुक्त भएको एक सातासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । तर, संक्रमित भएकै अवस्थामा वैशाख २९ गते उनले मुख्यमन्त्रीका सपथ लिएका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएका गुरुङले तीन दिनपछि सपथ लिएका हुन् ।
यसअघिका मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरूङ, भौतिक पूर्वाधार विकास मन्त्रीमा रामशरण बस्नेत, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन, पर्यटन, उद्योग, वाणिज्य तथा बन मन्त्रीमा विकास लम्साल थिए । युवा तथा खेलकुद मन्त्री बनेका राजिव गुरुङ ‘दीपक मनाङे’ पनि पुन मन्त्री नियुक्त हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
















अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया