स्थानीय तहको मतगणना सकिदा देवकोटा अगाडि
मेरोन्यूज
२०७८ जेठ ६ गते १७:१२

काठमाडौँ । साढे ४ बजेदेखि सुरु भएको राष्ट्रियसभा उपनिर्वाचनको स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहको मत गणना सकिदा रामबहादुर थापा बादल भन्दा डा. खिमलाल देवकोटा अगाडि देखिएका छन् ।
स्थानीय तहतर्फ २ सय ३३ मत खसेकोमा डा. देवकोटाले १२८ मत पाएका छन् भने बादलले १०३ मत पाएका छन् । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया