धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु
भाेलि साँझ ५ बजेसम्म दाबी गर्नुपर्ने
मेरोन्यूज
२०७८ जेठ ६ गते २०:०८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु गरेकी छिन् ।
राष्ट्रपति कार्यालयले आज साँझ एक विज्ञप्ति जारी गर्दै धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि यही जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएर आह्वान गरेकी हुन् ।
उपधारा ५ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
विपक्षी गठबन्धनले भोलि साँझसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पेश गर्नुपर्ने हुन्छ ।

सम्बन्धित
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया