सत्तामा निर्णायक जसपा
अबको प्रधानमन्त्री : महन्थ की ओली ?
महन्थ-राजेन्द्र पक्षले बोलाए जसपाको संसदीय दलको बैठक, उपेन्द्र-बाबुराम पक्ष बेखबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साझ ५ बजेसम्म नयाँ सरकार गठनको आह्रवान गरेपछि अवको प्रधानमन्त्री को ? राजनीतिक वहस शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली वीच मिलेर चालिएको यो कदम कानुनी रुपमा सम्वैधानिक भए / नभएको वहस आफनो ठाउँमा छदैछ । तर सँगसँगै राष्ट्रपतिले आह्रवान गरेको साझ ५ बजेसम्मको समयसिमाका कारण दलहरु अर्काे दवावमा पनि छन् ।
प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुपर्ने चर्काे दवावमा रहेका विपक्षी काग्रेस, माओवादी केन्द्रले जसपाको सिंगो समुहलाई नमिलाउदा सम्म सरकार गठन हुने सम्भावना छैन । माधव नेपाल पक्षको राजीनामा दिएर अर्काे विकल्प हुन सक्छ त ? भन्नेमा पनि अहिले त्यो वाटो पनि राष्ट्रपतिले सरकार गठनको आह्रवानमा वन्द गर्न खोजेकी छिन् ।
उनले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री आह्रवान त गरेकी छिन् । तर त्यसमा उनले संविधानको धारा ७६(२) का सदस्यहरुलाई भनेर प्रष्ट भनेकी छिन् । यसले संसदमा रहेको २७५ को संख्यालाई बहुमतको आधार बनाउन खोजेको देखिन्छ । यसो गर्दा माधव नेपाल पक्षले पहिले राजीनामा दिन खोजेको जस्तो विकल्पलाई पनि थुन्न खोजेको प्रष्ट देखिन्छ ।
कुल १३८ सांसदको वहुमत बनाउन खोजेको राष्ट्रपतिको आह्रवानले देखाउँछ ।
यस अर्थमा अव विपक्षीहरुले कांग्रेस वा माओवादी नेताका नाममा वहुमत जुटाउन सक्ने र ओलीको विकल्पको सरकार दिन सक्ने अवस्था अहिले जसपाभित्रको महन्थ र राजेन्द्र पक्षलाई ओलीले च्यापेबाट देखिदैन । यसका लागि कि काग्रेस र माओवादीले जसपाकै महन्थलाई अगाडी सार्नुपर्ने एउटा विकल्प देखिन्छ । अर्काे कि ओली नै प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ ।
ओलीका लागि वहुमत जुटाएपनि प्रधानमन्त्री बन्ने बाटो छ । अर्काे अरु विपक्षीलाई वहुमत जुटाउन नदिए उनकै नेतृत्वको सरकारले संसद विघटन गरेर चुनावमा जान पाउने विकल्पको बाटो संविधानको धारा ७६(७) अनुसार देखिन्छ । यसले अवको प्रधानमन्त्री को भन्नेमा विकल्पमा कि ओली नै देखिन्छन। अर्काेतिर की महन्थ देखिन्छन् ।
जसपका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराईले लौरो उठाएर भएपनि अहिले ओलीको विकल्प खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । त्यसका लागि पात्र महन्थ हुने देखिएको जसपाका नेताहरुको भनाई छ । राष्टिय सहमतिको सरकार वन्ने वा आफनो नेतृत्वको सरकार बन्ने अवस्थामा सरकारमा जान सकिने धारणा यस अगाडी नै उपेन्द्र यादव र महन्थ ठाकुर दुवैले संयुक्त वक्तब्य दिएर सार्वजनिक पनि गरेका थिए ।
तर त्यो सहमति जसपाभित्र अहिले पनि कायमै छ , छैन भन्नेमा संसय छ । राजेन्द्र महतो र महन्थले प्रधानमन्त्री ओलीसँग हिजो वालुवाटार र शित्तल निवासमा राष्ट्रपतिसम्मलाई राखेर गरेको छलफल के मोडलमा रहेर भएको छ भन्ने खुल्न सकेको छैन ।
अहिले महन्थ र राजेन्द्र पक्षले संसदीय दलको बैठक आह्रवान गरेका छन्- विहान ११ वजेका लागि । तर त्यो बैठकका बारेमा उपेन्द्र यादव र डा बाबुराम पक्षलाई जानकारी सम्म दिईएको छैन । यसले जसपमा उपेन्द्र र महन्थले हस्ताक्षर गरेर जारी गरेको ८ बुँदे सहमति कायम रहे/नरहेको आंशका जन्मिएको छ ।
बाबुराम र उपेन्द्र पक्षले विकल्पको वैकल्पिक सरकार बनाउने हो भने अव आफनो पार्टीको प्रधानमन्त्रीको उम्मेदवार महन्थ ठाकुर भएको बताउन थालिसकेका छन् । यसले महन्थलाई अव काग्रेस र माओवादीले के गर्छन् ? भन्ने प्रश्न उठेको छ ।
काग्रेस पदाधिकारी बैठक आकस्मिक रुपमा बोलाईएको छ । अव उसले के निर्णय गर्छ ? जसपाको नेतृत्वमा काग्रेस सरकार बनाउन तयार छ, छैन ? काग्रेसको बैठकले गर्ने निर्णय धेरै हदमा अर्थपूर्ण हुने देखिन्छ ।
तर महन्थ केही बोलेका छैनन । महन्थ पक्षलाई फकाउन ओलीले संसदमा नागरिकता विधयेक विचाराधिन रहेकै अवस्थामा अध्यादेशमार्फत जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गरी स्वीकृत गरिएको छ । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । यो अध्यादेश हिजे मन्त्रिपरिषद्बाट जारी गराउन राष्टपति कार्यलय पठाईसकिएको छ । आजै सम्भवत राष्टपतिले त्यो अध्यादेश जारी गर्नेछिन् ।
यसले महन्थ पक्ष ओलीकै सरकारमा जाने या आफ्नै नेतृत्वको सरकार भन्नेमा दवावमा छ ।
यस्तो वेला अवको सरकार कसको र कसरी भन्नेमा दलहरु नै अहिलेसम्म चित्र प्रष्ट पार्न सकिरहेका छैनन । तर सम्भावनाका दृष्टिले ओली या महन्थ विकल्पका रुपमा देखा परेका छन् ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया