शनिबार, चैत ७, २०८२

कांग्रेस पदधिकारी बैठक सुरु

मेरोन्यूज २०७८ जेठ ७ गते १०:१५


काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुरु भएको छ । अहिले केही बेरअघि बैठक सुरु भएको एक पदाधिकारीले जानकारी दिए ।
बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायतका विषयमा छलफल गर्न कांग्रेस सभापति देउवाले पुर्वपदाधिकारी, पदाधिकारी सहितको बैठक बोलाएका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९३० को प्रधानमन्त्रीले विश्वासको मतबाट अस्वीकृत हुने वा राजीनामा दिएको दुवै अवस्था नहुँदै धारा ७६ को उपधारा ९५० को सरकार गठनका लागि प्रधानमन्त्रीले सिफारिस गर्नु र राष्ट्रपतिले आह्वान गर्नु दुवै असंवैधानिक भएको कांग्रेसले विज्ञप्ति जारी गरेर जनाइसकेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया