बादललाई भोट नदिएका एमालेका १४ सांसदलाई २४ घण्टे स्पष्टिकरण

काठमाडौं । राष्ट्रिय सभाका ६ जेठमा भएको निर्वाचनमा आफ्ना पार्टी उम्मेदवारलाई भोट नदिने १४ प्रदेश सांसदलाई एमालेले कारवाही प्रक्रिया शुरु गरेको छ । एमाले प्रदेश सभा संसदीय वोर्डको बैठकले ति सांसदहरुको पहिचान गरी कारवाही प्रक्रिया अगाडी बढाएको संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।
उनीहरुलाई २४ घण्टाभित्र के कति कारणले आफना पार्टीका उम्मेदवारलाई भोट नदिई विपक्षी गठवन्धनका उम्मेदवार जिताउन भूमिका खेल्नुभयो ? भन्दै २४ घण्टाभित्र जवाफ माग नगर्ने निर्णय प्रदेश सभाको संसदीय बोर्ड बैठकले गरेको हो ।
यसरी स्पष्टिकरण सोधिएका नेताहरुमा नेतृ अष्टलक्ष्मी शाक्य,राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मनु सिग्देल, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमगाई, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवाल छन् ।
राष्ट्रिय सभाको बाग्मति प्रदेश तर्फको रिक्त एक पदमा एमालेले रामवहादुर थापा (बादल)लाई उम्मेदवार बनाएका थिए । तर विपक्षी गठवन्धन काग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी, जनमोर्चा र एमालेकै माधव नेपाल समुहका तर्फबाट डा खिमलाल देवकोटा उम्मेदवार थिए ।
बाग्मति प्रदेश तर्फका मतदातामा एमालेको एकल वहमुत भएपनि नेपाल पक्षले पार्टी उम्मेदवार थापालाई मत नदिई विपक्षी गठवन्धनका देवकोटालाई मत दिएका थिए । जसकाकारण थापा पराजित भएका थिए ।
यो पद थापा माओवादी छोडेर एमालेमा आएपछि माओवादीले कारवाही गरि पदमुक्त गराएको थियो । त्यसपछि रिक्त पदमा एमालेले थापालाई नै उम्मेदवार बनाएको थियो । थापालाई मतदान गर्न प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले अपिल जारी गरेका थिए भने महासचिव इश्वर पोखरेल देखि बाग्मति प्रदेश कमिटि सम्मले पार्टीका जनप्रतिनिधीलाई ह्वीप नै लगाएका थिए ।
तर पनि एमालेको नेपाल पक्षका जनप्रतिनिधीले थापालाई मत दिएनन ।
त्यसपछि चुनावी समिषा गर्न बसेको वागमती प्रदेशका एमाले संसदीय दलको वोर्ड बैठकले भोट नदिनेलाई स्पष्टिकरण सोधेर कारवाही प्रक्रियामा लैजाने निर्णय गरेको हो । यो निर्णयसँगै नेतृ शाक्य सहितलाई २४ घण्टे स्पष्टीकरण सोधएिको हो । उनीहरु १४ जनालाई नै आजै साझ ५ बजेभित्र स्पष्टीकरण बुझाउन भनिएको पनि निरौलाले जानकारी दिए ।


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया