निर्वाचनको तयारी गर्न ओलीले दिए निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारी गर्न निर्वाचन आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । शनिबार आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै निर्वाचनको मिति घोषणा गरिसकेका छन् । कार्तिक २६ गते र मंसिर ३ गते निर्वाचनको घोषणा भएसँगै प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘बालुवाटारमा भएको भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले मुलुक निर्वाचनतर्फ अघि बढेको स्पष्ट पार्नु भएको थियो ।’
प्रधानमन्त्रीको निर्देशनसँगै आयोगका पदाधिकारीहरूले निर्वाचनको तयारी गर्ने बताएका छन् । ‘प्रधानमन्त्रीले निर्वाचनको तयारी गर्न भन्नु भयो, अब हाम्रो ध्यान निर्वाचनमा केन्द्रीत हुन्छ,’ छलफलमा सहभागी एक पदाधिकारीले भने, ‘निर्वाचन गर्न तीन महिना (१२० दिन) काफी हुन्छ, यति समयमा आयोगले सबै तयारी गर्न सक्छ ।’
यसअघि प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको तयारी गर्न आयोगका पदाधिकारीलाई निर्देशन दिएको थियो । त्यस समयमा ओली आफै आयोगको कार्यालयमा पुगेर निर्देशन दिएका थिए ।










प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
मन्त्रिपरिषद् बैठक जारी
एनपिएल : कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य
हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रियकार्य योजनाको मस्यौदा तयार
४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
प्रतिक्रिया