१२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ

काठमाडौं । अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप रू ८ करोड १० लाखको सहमति दिएको छ ।
त्रिवि शिक्षण अस्पताललाई रू ८० लाख, जिल्ला अस्पताल चौतारालाई रू ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई रू ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई रू ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई रू ७५ लाख, जिल्ला अस्पताल इलामलाई रू ७५ लाख दिइएकाे छ ।
यस्तै जिल्ला अस्पताल संखुवासभालाई रू ८० लाख, रामेछाप अस्पतालका लागि रू ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि रू ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि रू ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि रू २५ लाख र व्यास अस्पतालका लागि रू २५ काे सहमति दिइएकाे मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरेअनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया