१२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ

काठमाडौं । अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप रू ८ करोड १० लाखको सहमति दिएको छ ।
त्रिवि शिक्षण अस्पताललाई रू ८० लाख, जिल्ला अस्पताल चौतारालाई रू ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई रू ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई रू ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई रू ७५ लाख, जिल्ला अस्पताल इलामलाई रू ७५ लाख दिइएकाे छ ।
यस्तै जिल्ला अस्पताल संखुवासभालाई रू ८० लाख, रामेछाप अस्पतालका लागि रू ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि रू ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि रू ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि रू २५ लाख र व्यास अस्पतालका लागि रू २५ काे सहमति दिइएकाे मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरेअनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया