उपत्यकाका सीडीओहरू को बैठक आज बस्दै, निषेधाज्ञामा थप कडाइ गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) को बैठक मंगलबार (आज) बस्दैछ । कोरोना नियन्त्रण र रोकथामका लागि लगाएको पूर्वनिर्धारित निषेधाज्ञाको समय सकिन दुईदिन बाँकी हुँदा निषेधाज्ञा थप गर्ने विषयमा छलफल काठमाडौ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) को गर्न बैठक बस्न लागेको हो ।
सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा समेत आजको बैठकले निर्णय लिने बताइएको छ ।
नयाँ अध्यादेशको निषेधाज्ञाको उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ । भने मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक एक सय रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडडुल गर्दा मात्रै प्रत्येक पटक दुई सय रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था उल्लेख रहेको छ ।
यसैगरी,रुपैयाँ, अनुमति विना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा दुई सय रुपैयाँ र चार पांग्रेको हकमा पाँच सय जरिवाना तिर्नुपर्ने उल्लेख छ ।
















इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया