विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित

सोलुखुम्बु । सोलुखुम्बुको गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् । कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताए ।
पैतालीस वर्षीया खत्रीसमेतलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहिबार सोही अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ । नर्सीङ तेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारमा काठमाडौँ जाने योजना बनाएको भए पनि गाउँमै उपचार सम्भव भएको प्रतिखुशी व्यक्त गरे । “यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो ।” उनले भने, “खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामीजस्ता ग्रामीण क्षेत्रका नागरिकका लागि सुखद् पक्ष हो ।”
काठमाडौँ विभिन्न अस्पतालमा अक्सिजनसमेत नपाएर बिरामीको मृत्यु भएको खबरले आक्रन्त बनेको बेला गाउँमा उक्त सेवा पाउँदा यहाँका नागरिकले सरकारलाई स्याबासी दिन्छन् । यस्तै कोभिड–१९ को सङ्कास्पद लक्षण भएकी बुद्धिमाया माझीको पनि कोभिड अस्पतालमै उपचार सम्भव भएपछि स्थानीय सरकारलाई धन्यवाद दिइन् । स्वास फेर्न निक्कै गाह्रो भएर उपचारमा आएको उनको भनाइ छ ।
टाढा अस्पताल जान नसक्ने अवस्थामा भएपनि गाउँमै सेवा पाउँदा आफ्नो ज्यान बचेको माझीेले बताइन्। गत वर्ष कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै कोभिड अस्पताल बिराटनगर लानुपर्ने बाध्यताको अत्य भएपछि सोलुखुम्बुवासीलाई सहज भएको छ । रासस













जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया