सोमबार, वैशाख १४, २०८३

बारपाकको कोरोना नियन्त्रण गर्न माओवादी नेता श्रेष्ठको ध्यानाकार्षण

मेरोन्यूज २०७८ जेठ १४ गते १३:२०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्लाको बारपाक सुलिकोट गाँउपालिकामा कोरोना भाइरस (कोभिड–१९)बाट १२ जनाको मृत्यु भएको भन्दै दुःख प्रकट गरेका छन् ।
कोरोनाको महामारी फैलिएसँगै केही दिनमै बारपाकमा १२ जनाले ज्यान गुमाइसकेका छन् ।

Advertisement
NiccNicc

‘म गत हप्ता मात्र केही चिकित्सक, ल्याब टेक्निसिएन र स्वयंसेवकसहित डिसिसिएमसी एवं स्थानीय सरकारसँगको संयोजनमा बारपाक पुगेको थिएँ,’ नेता श्रेष्ठले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘बारपाकमा त्यसबेला ७८ जनाको एण्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुुष्टि भएको थियो ।’

त्यतिखेर हामीले सम्बन्धित सबै निकायहरूलाई परिस्थितिको गम्भीरतालाई ध्यान दिई आइसोलेसन सेन्टरसहित आवश्यक प्रबन्ध मिलाउन सुझाव दिएको उनले जानकारी दिएका छन् । उनले परिस्थिति भयावह भएकाले सबैले मिलेर योजनाबद्ध पहलद्वारा तत्काल सम्बोधन गर्न ध्यान दिनु पर्ने बताएका छन् ।

उनले करिब ५ हजार जनसंख्या भएको बस्तीमा कोरोना फैलिएपछि स्वास्थ्य मापदण्ड बनाई कडार्इका साथ पालना गराउनु पर्ने माग राखेका छन् । उनले पाँच बुँदे माग राख्दै बारपाकमा कोरोना नियन्त्रण गर्न सरकारको ध्यान केन्द्रीत गरेका छन् ।

विं.सं. २०७२ सालको महा भूकम्पको केन्द्रबिन्दु बनेको बारपाकले ठूलो क्षति बेर्होनु परेको थियो ।

प्रतिक्रिया