अध्यादेशबाट ल्याइएको लोकप्रिय बजेट !

काठमाडौँ । गत शनिबार प्रतिनिधिसभा विघटन गरेसँगै काम चलाउ बनेको सरकारले सर्वसाधरणको ध्यान तान्ने बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेको हो ।
अर्थमन्त्री पौडेलले शनिबार सार्वजनिक गरेको बजेट कार्यक्रमहरू यस प्रकारक छन् :
१, ज्येष्ठ नागरिक भत्ता वृद्धि गरी मासिक ४ हजार रुपैयाँ ।
२, आन्तरिक पर्यटन विकास गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा ।
३, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा दिने ।
४, १६ वर्ष पुगेका नागरिकलाई निःशुल्क सिम कार्ड प्रदान ।
५, शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण पाइने ।
६, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण ।
७, निषेधाज्ञाको अवधिमा २० युनिटसम्म विद्युत खपत गर्नेलाई पूर्ण छुट ।
८, विवादित गरिबी निवारण कोष खारेज ।
९, चितवनमा राम मन्दिर निर्माणसहित देशका विभिन्न स्थानमा रहेका ऐतिहासिक धार्मिक स्थाल निर्माण तथा पुनः निर्माण ।
१०, स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा ।
११, आधारभूत शिक्षा संस्थामा कार्यरत शिक्षक शिक्षिकालाई तलब वृद्धि ।
१२, रेल मार्गका लागि १० अर्ब ३० करोड बजेड विनियोजन ।
१३, कोरोना भाइरस महामारीबाट प्रभावितलाई राहत प्रदान ।
१४, विद्युतीय सवारीको कम्पनी स्थापना भए करमा भारी छुटसहित विद्युतीय सवारी साधन खरिदमा जोड ।


















अमेरिकी युद्धपोतले दुई इरानी तेल ट्यांकरलाई रोके
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रतिक्रिया