देउवा निवासमा सुरु भयो विपक्षी गठवन्धनका नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा विपक्षी गठवन्धनका ५ दलको बैठक सुरु भएको छ ।
प्रतिनिधी सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेको सरकारले संसद विघटनको मुद्धा अदालतमा रहेको र अध्यादेशमार्फत सरकारले पूर्ण आकारको बजेट ल्याउन नपाउने विधिको उलङ्घन गरेको र मतदातालाई प्रभावित पार्ने गरी चुनावी बजेट सबै क्षेत्रतिर छरेर ल्याएको विषयमा छलफल गर्न देउवा निवासमा विपक्षी गठवन्धनका ५ दलको बैठक बसेको हो ।
बैठकमा कांग्रेस सभापति देउवासहितका कांग्रेस नेताहरु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरु र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितका नेता, एमालेकै माधव नेपाल सहित नेपाल पक्षका नेता र राष्ट्रिय जनमोर्चाका नेताहरु पनि सहभागी छन् ।
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तदेखि कानुन व्यवसायी, अर्थशास्त्रीहरुसम्मले अध्यादेशमार्फत पूर्ण आकारको बजेट नल्याउन र नीति निर्माणमा हस्तक्षेप गर्ने कुनै पनि विषय बजेटमा नसमेट्न आग्रह गरिरहँदा त्यसलाई अटेर गरेर सरकारले हिजो मात्रै आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याएको थियो ।
चौतर्फी दबाब तथा सुझाव र संविधानको मर्मविपरीत चुनावी सरकारले मतदाता प्रभावित पार्ने गरी अध्यादेशबाट बजेट ल्याएको र त्यो पनि जताततै छरेर बजेट ल्याइएको भन्दै विपक्षीहरुले सरकारको आलोचना गरिरहेका छन् ।
यस विषयमा पनि विपक्षी गठवन्धनले साझा धारणा बनाउने र प्रतिक्रिया दिने तयारीका लागि आजको बैठकमा छलफल गर्ने बताईएको छ । यस्तै अदालतको संवैधानिक इजालसमा शुरु भएको प्रतिनिधी सभा विघटनको मुद्धाका विषयमा पनि छलफल हुने बताईएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया