देउवा निवासमा सुरु भयो विपक्षी गठवन्धनका नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा विपक्षी गठवन्धनका ५ दलको बैठक सुरु भएको छ ।
प्रतिनिधी सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेको सरकारले संसद विघटनको मुद्धा अदालतमा रहेको र अध्यादेशमार्फत सरकारले पूर्ण आकारको बजेट ल्याउन नपाउने विधिको उलङ्घन गरेको र मतदातालाई प्रभावित पार्ने गरी चुनावी बजेट सबै क्षेत्रतिर छरेर ल्याएको विषयमा छलफल गर्न देउवा निवासमा विपक्षी गठवन्धनका ५ दलको बैठक बसेको हो ।
बैठकमा कांग्रेस सभापति देउवासहितका कांग्रेस नेताहरु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरु र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितका नेता, एमालेकै माधव नेपाल सहित नेपाल पक्षका नेता र राष्ट्रिय जनमोर्चाका नेताहरु पनि सहभागी छन् ।
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तदेखि कानुन व्यवसायी, अर्थशास्त्रीहरुसम्मले अध्यादेशमार्फत पूर्ण आकारको बजेट नल्याउन र नीति निर्माणमा हस्तक्षेप गर्ने कुनै पनि विषय बजेटमा नसमेट्न आग्रह गरिरहँदा त्यसलाई अटेर गरेर सरकारले हिजो मात्रै आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याएको थियो ।
चौतर्फी दबाब तथा सुझाव र संविधानको मर्मविपरीत चुनावी सरकारले मतदाता प्रभावित पार्ने गरी अध्यादेशबाट बजेट ल्याएको र त्यो पनि जताततै छरेर बजेट ल्याइएको भन्दै विपक्षीहरुले सरकारको आलोचना गरिरहेका छन् ।
यस विषयमा पनि विपक्षी गठवन्धनले साझा धारणा बनाउने र प्रतिक्रिया दिने तयारीका लागि आजको बैठकमा छलफल गर्ने बताईएको छ । यस्तै अदालतको संवैधानिक इजालसमा शुरु भएको प्रतिनिधी सभा विघटनको मुद्धाका विषयमा पनि छलफल हुने बताईएको छ ।

















सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया