प्रतिनिधसिभा विघटन विरुद्ध सम्वैधानिक इजालसमा बहस जारी

काठमाडौं । प्रतिनिधीसभाको दोस्रो विघटनका विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा आज पनि बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आज दोस्रो दिन बहस शुरु भएको हो ।
यस सम्वन्धमा परेका सवै रिटलाई सम्वैधानिक इजालसमा लैजाने विहिवार निर्णय प्रधानन्यायधिस जवराले शुक्रवारवाट सम्वैधानिक इजालस गठन गरेर बहस शुरु गराएका हुन् । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चमा ३० वटा रिट दर्ता भएका थिए ।
ति सवै रिट सम्वैधानिक इजालसमा लगेर बहस शुरु गराएका हुन् । शुक्रवारको बहसमा अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाएका थिए । त्यसवेला हेर्दाहेदौंमा राखिएको बहस आज फेरि शुरु भएको हो । विपक्षीका तर्फबाट बहसमा सहभागी कानुनब्यवसायीहरुले आज पनि यो विषय उठाउने तयारी गरेका छन् ।
गत फागुन २३ मा उनले नेकपा एमाले र माओवादीलाई अलग गराउने गरी नेकपाको एकता वदर गर्ने गरी राजनीतिक निर्णय गरेको र त्यससम्वन्धमा एउटा पक्षले पूर्वाग्रहपूर्ण निर्णय लिएको आरोप लगाईरहेको छ ।
त्यसवेला न्यायधिस बमकुमार श्रेष्ठको निर्णय अश्वीकार गरेको पक्ष अहिले पनि मुद्दामा रहेकोले उनको ठाउमा अर्काे न्यायधिसको ब्यवस्था गर्न खासगरी शुक्रवारको बहसमा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलगायतले प्रश्न उठाएका थिए ।
शुक्रबारको बहसमा बन्दीलगायतका कानून व्यवसायीले बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।
बन्दीले न्यायधिस श्रेष्ठले इजलास छाड्दा अदालतको मान बढ्ने भन्दै कुरा उठाएपछि प्रधानन्यायाधीशले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने बताएका थिए ।
महान्यायाधिवक्ता बडालले इजलासलाई दबाबमा राख्ने रणनीति अनुसार अर्को पक्ष आएको र न्यायाधीश छनौट गर्ने अधिकार समेत लिन खोजेको भन्दै आपत्ति जनाएका थिए ।
त्यसपछि विवादकै क्रममा यो विषय हेर्दाहेदैमा राखिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित ५ सदस्यीय इजलासमा न्यायधीशहरू दिपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया