टेली मेडिसिन सेन्टरको सुरुवात

काठमाडौँ । कोभिड १९ महामारीलाई रोकथाम तथा नियन्त्रण गरी सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स र नेपाल चिकित्सक संघबाट संयुक्त रुपमा पहल भएको छ ।
उक्त अभियानको लागि नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड १९ आजै देखि संचालनमा आएकोे चेम्बरले जनाएको छ ।
टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । उक्त कार्यक्रममा चेम्वरका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा केन्द्रको शुमारम्भ भएको छ ।
शुभारम्भमा अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस कोभिड-१९ बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुँदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै यस कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए ।
यस केन्द्र संचालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजना रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले मेरो डाक्टर एप डाउन लोड गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा डब्लुडब्लुडब्लु डटकममा गइ यस वारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया