निर्वाचन गर्न सरकारी ढुकुटीसँगै ऋण मागेर खर्च जुटाउने तयारीमा सरकार

काठमाडौँ । सरकारले आगामी कात्तिक २६ गते र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन मिति तोकेसँगै सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषण गर्ने क्रममा बुँदा नम्बर ४२० मा भने, ‘निर्वाचन प्रसाणालीमा सूचना प्रविधिको उपयोगको सम्भाव्यता अध्ययन गरिनेछ । प्रतिनिधिसभा र स्थानीय तहको आगामी निर्वाचकनका लागि
आवश्यक रकम विनिययोजन गरेको छु।’
प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसँगै आगामी फागुनमा स्थानीय तहको आवधिक निर्वाचन गर्नु पर्नेछ । यी दुई निर्वाचनका लागि सरकारले साढे ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यसअघि निर्वाचन आयोगका अधिकारीले दुईवटा निर्वाचन सम्पन्न गर्नका लागि करिब ७० अर्ब रुपैयाँ लाग्ने बताएका थिए । तर, सरकारले आयोगका अधिकारीले बताएको भन्दा आधा रकम मात्रै निर्वाचनका लागि विनियोजन गरेको हो । सरकारले छुट्याएको यो रकममध्ये केही रकम वैदेशिक ऋणबाट जुटाउने भएको छ । तर, अर्थमन्त्री पौडेलले आगामी निर्वाचनका लागि ठोस आँकडा बजेट भाषणमा भने सुनाएनन् ।
चालु आर्थिक वर्ष २०७७–०७८ मा सरकारले ‘भैपरी आउने चालु खर्च’मा ९९ करोड ६६ लाख विभाजन गरेको थियो । यस आर्थिक वर्षका लागि भने करिब ३७ गुणा बढी अर्थात ३६ अर्ब ६४ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी निर्वाचनका लागि सरकारले ३६ अर्ब ४० करोड ४६ लाख सरकारको ढुकुटीबाट व्यहोरिनेछ भने २४ करोड रुपैयाँ वैदेशिक ऋण सहायता जुटाउने तयारी गरेको छ ।
यसबीच निर्वाचन आयोगले नियमित रुपमा पाउँदै आएको चालु र पुँजीगत खर्च यसमा समावेश छैन ।


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया