एमाले स्थायी कमिटी बैठक बस्दै, घनश्याम-सुरेन्द्रहरुलाई होला कारवाही ?

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजेका लागि बैठक बोलाइएको छ । बैठक आइतबार साँझ ५ बजेका लागि बोलाइएको भए पनि नेताहरुको कार्यव्यस्ततालाई कारण देखाउँदै साेमबार बिहानलाई सारिएको थियो ।
बैठकमा हुने छलफलका एजेण्डाका बारेमा सदस्यहरुलाई जानकारी गराइएको छैन । तर समसामायिक विषयमा छलफलका लागि भन्दै बैठक डाकिएको छ । आजको बैठक कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै विपक्षी गठबन्धनमा पुगेर हस्ताक्षर गरेका र पार्टीले स्पष्टीकरण सोधेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका १२ नेताहरुमाथि कारवाहीका विषयमा केन्द्रित हुन सक्ने बताइएको छ ।
माधव नेपालसहित ११ जना सांसदहरुलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेपछि एमालेले थप अन्य १२ जना विघिटित प्रतिनिधिसभाका सांसदलाई स्पष्टीकरण सोधेकाे छ ।
नेपाल समूहका नेताहरुले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ भने दिएका छैनन् । वाग्मती प्रदेशमा पनि नेत्री अष्टलक्ष्मी शाक्यसहित नेपाल पक्षीय नेतालाई पनि स्पष्टीकरण सोधिएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई फिर्ता हुन गरेको निर्देशन प्रदेश संसदीय दलले अश्वीकार गरेर चुनौती दिएको छ । मन्त्री फिर्ता हुन पार्टीले भने पनि थप एमालेका प्रदेश सांसदहरु मन्त्री बन्न पुगेका छन् ।
यी समग्र विषयमा आजको बैठकमा छलफल हुने र पार्टीले कारवाही गर्दासमेत नेता माधव नेपालले अझै पनि एमालेको वरिष्ठ नेताका नाममा विपक्षी गठबन्धनमा पुगेर हस्ताक्षर गर्ने गरी अनाधिकृत काम गरेको भन्ने विषयमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया