गणतन्त्र दिवसकाे अवसर पारेर यी कैदीबन्दीले कैद माफी पाए (हेर्नुहाेस् सूचीसहित)
मेरोन्यूज
२०७८ जेठ १७ गते ७:२३
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०७८ काे अवसर पारेर शुक्रबार ४३० कैदीबन्दीकाे बाँकी कैद सजाय मिनाहा गरिन् । मन्त्रिपरिषद्काे सिफारिशमा राष्ट्रपितले उक्त कैद मिनाहा गरेकी थिइन् ।
जेठ १५ गतेदेखि लागू हुने गरी कैद मिनाहा भएका कैदीबन्दीकाे सूची कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेकाे छ । ५० प्रतिशत कैद भुक्तान गरेका, चालचलन ठिक भएका उक्त संख्याका कैदीबन्दीकाे बाँकी कैद मिनाहा गर्न विभागले गृह मन्त्रालयमा प्रस्ताव गरेकाे थियाे ।
गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवसलगायत अवसरमा सरकारकाे सिफारिशमा राष्ट्रपतिले कैदीबन्दीलाई माफी दिने चलन रहेकाे छ ।
कैद माफी पाएका ४३० कैदीबन्दीकाे नाम हेर्नुहाेस् :
सम्बन्धित
प्रतिक्रिया