आन्तरिक मूल्यांकनमा वार्षिक नतिजा तयार गर्दै विद्यालय

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विद्यालय बन्द भएपछि चितवन जिल्लामा यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्यांकनका आधारमा वार्षिक नतिजा प्रकाशन गरिने भएको छ । बाल कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा यही जेठ मसान्तभित्र गर्न लागिएको हो ।
शिक्षा विकास तथा समन्वय एकार्इ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार विद्यालयले लिएको प्रथम त्रैमासिक परीक्षामा प्राप्त अंकको २० प्रतिशत र दोस्रो परीक्षामा प्राप्त अंकको ६० प्रतिशत अंक दिइने छ । बाँकी २० प्रतिशत विद्यार्थीको निरन्तर मूल्यांकनबाट अंक राखिने छ ।
विद्यार्थीको नियमित क्रियाकलाप, विभिन्न परियोजना, शिक्षक शिक्षिकाले विद्यार्थी र अभिभावकसँग गरिएका कल रिपोर्ट, अनलाइन परीक्षा लिएको भए त्यसमा प्राप्त अंकलगायतबाट २० अंक दिन लागिएको सुवेदीले जानकारी दिए ।
यही जेठ २५ गतेभित्र कक्षा ८ का विद्यार्थीको अंकसम्बन्धित पालिकामा पठाउन भनिएको छ । पालिकामार्फत कक्षा ८ को नतिजा सार्वजनिक गरिने छ । अन्य कक्षाको जेठ मसान्तभित्र नतिजा सार्वजनिक गर्न परिपत्र गरिएको सुवेदीले बताए । जिल्लाका निजी र केही सरकारी विद्यालयले निषेधाज्ञाको समयमा भर्चुअल माध्यमबाट परीक्षा र पढाइसमेत गरेका छन् ।
जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत विद्यालय छन् । ती विद्यालयमध्ये सामुदायिकमा ७७ हजार ३३९ र संस्थागतमा ५७ हजार ४६३ विद्यार्थी अध्ययनरत छन् ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया