६ मन्त्रीलाई पार्टीबाट निष्कासन गर्न सुदूरपश्चिम एमालेको सिफारिस

काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशनविपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्रीलाई कारबाहीको सिफारिस गरेको छ । यस्तै, प्रदेशसभा संसदीय दलका सचेतकलाई पनि कारबाहीको लागि सिफारिस गरेको छ ।
२४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाही गर्न प्रदेश कमिटीले एमालेको केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीलाई कारबाही गरेको जानकारी दिए ।
यस्तै, उनका अनुसार भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न सिफारिस गरिएको मेरोन्यूजलाई जानकारी दिए ।
एमालेको प्रदेश कमिटीले यसअघि प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरिसकेको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया