अर्काको पार्टी फुटाउन प्रधानमन्त्रीमा कांग्रेसको दाबी : मन्त्री ढकाल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)लाई विभाजन गराउन नेपाली कांग्रेस महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेर दुई पार्टीलाई विभाजन गराउने खोजेको आरोप लगाएका हुन् ।
सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा (एमाले) र जसपालाई विभाजन गराउने मनसायले कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताए ।
‘आगामी आमनिर्वाचनमा जसपा र नेकपा (एमाले)लाई विभाजनमा लान आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टीहरू विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरू पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली कांग्रेस अरुको घर झगडा गराउनु एकदम गलत कुरा हो,’ उनले भने, ‘दलीय व्यवस्थामा अरू दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? योभन्दा गैर लोकतान्त्रिक कुरा अरू केही हुन सक्छ जस्तो मलाई लाग्दैन ।’
मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने बताए । उनले ताजा जनादेशमा जानुको विकल्प नभएको बताउँदै सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडि बढ्ने बताए ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
तेक्वान्दो टोली चीन प्रस्थान
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया