बजेटबारे कांग्रेसको निष्कर्ष : कोरोनाबाट अर्थतन्त्र उकास्ने योजना सारेन

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको निष्कर्ष निकालेको छ । सोमबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै नेता मिनेन्द्र रिजालले सरकारले देखिने मूर्त, ठोस उपलब्धीबिना नै ऋण भार बढाएको बताए ।
उनका अनुसार मौजुदा सरकारले कार्यकाल सुरु गर्दा ८ अर्ब ऋण रहेकोमा अहिले बढेर झण्डै १६ अर्ब पुगे छ । अर्को वर्ष ३० प्रतिशतले खर्च बढाउने देखिएको छ । सरकारले बजेट बनाउँदा गत वर्षजस्तो बजेट बनाएर जनतालाई निरास बनाएको उनले टिप्पणी गरे ।
“कोरोनाबाट अर्थतन्त्र उकास्न कुनै योजना अघि सारेको देखिदैन,” उनले भने, “जनता कोरोनाको महामारीको चपेटामा छन्, रोजगारी गुम्ला भन्ने तनावमा छन्, तर प्रधानमन्त्री ओली भने देशमा यति ठूलो विकास भएको छ भनेर बसेका छन् ।”
सरकारले हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको र त्यसले दीर्घकालीन रूपमा प्रभाव नपार्ने कांग्रेसको निष्कर्ष छ ।


















यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया