युवा संघको अध्यक्षमा किरण पौडेल चयन
मेरोन्यूज
२०७८ जेठ १७ गते १७:५८

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । नेकपा एमालेको भातृ संगठन युवा संघको सोमबार बसेको सचिवालयको भर्चुअल बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो ।
नेकपा विभाजनपछि अध्यक्ष भएका वचनबहादुर सिंह आइतबारदेखि ४१ वर्ष उमेर पुगेकाले पौडेललाई अध्यक्ष बनाइएको हो । पौडेल यसअघि युवा संघको सहअध्यक्ष थिए ।
युवा संघको राष्ट्रिय सम्मेलन गरेर विधान संशोधन नहुन्जेल अब पौडेल नै अध्यक्ष रहने छन् भने नाम पनि राष्ट्रिय युवासंघ नै रहनेछ । एमाले-माओवादी एकतापछि वाइसिएल र युवा संघ नेपालको एकीकरण भएर राष्ट्रिय युवा संघ बनेको थियो ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया