मंगलबार, वैशाख ८, २०८३

एक साताभित्र उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई मन्त्रालयको निर्देशन

मेरोन्यूज २०७८ जेठ १८ गते १८:०५

काठमाडौं । सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सात दिनभित्र सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गदै ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाए गुनासो आएपछि मन्त्रालयले क्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन सुचनामा भनिएको छ ।

प्रतिक्रिया