एमाले स्थायी कमिटी बैठक स्थगित, पार्टी एकताबारे थप छलफल हुने

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक भोलि दिउँसो ४ बजेसम्मका लागि सरेको छ । आज दिउँसो ४ बजे बस्ने भनिएको बैठक सरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बारेमा थप पहल हुने बताइएको थियो । मंगलबार बसेको बैठकले पार्टी निष्कासनमा परेका नेता माधव नेपाल, झलनाथ खनालसहितका नेतासँग पार्टी एकता जोगाउन पहल गर्ने निष्कर्ष निकालिएको थियो ।
पार्टीबाट निष्कासन भएका वरिष्ठ नेता नेपालबाहेकका कारबाही नभएका नेपाल पक्षका दोस्रो पुस्ताका नेतासँग पार्टी एकताबारे संवाद हुँदै आएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने नेता नेपालसहित केही नेतालाई बाहिरै राखेर पार्टी एकता गर्ने मनस्थितीमा छन् ।
प्रधानमन्त्री ओली नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेतालाई हदैसम्मको सम्झौता गरेर पनि पार्टीमा ल्याउने कोशिसमा छन् ।
नेपाल पक्षका दोस्रो तहका नेताहरू पाण्डे, भुसाललगायले माधव नेपालसहित आफू पक्षका सबै नेतालाई समेट्न ओलीलाई दबाब दिइरहेका छन् ।
यता, नेपाल पक्षका सबै नेतालाई एकतामा नल्याउने मनस्थितीका साथ ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई छानेर कारबाही गरेका छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया