पौडेल समूहको छुट्टै बैठक, निर्धारित समयमै महाधिवेशन गर्न देउवालाई दबाब दिने निर्णय
मेरोन्यूज
२०७८ जेठ १९ गते १८:३३

कठमाडौं । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्धारित समयमै महाधिवेशन गर्न सभापति शेरबहादुर देउवालाई दबाव दिने भएको छ ।
पौडेल पक्षको बुधबार भएको भर्चुअल मिटिङमा पार्टीको महाधिवेशन नजिकै जाँदा क्रियाशील सदस्यता छानबिनलगायत सांगठानिक गतिविधि सुस्ताएपछि सभापतिलाई दबाब दिने निर्णय गरेकाे हाे ।
क्रियाशील सदस्य छानबिन र ताेकिएकाे समयमै महाधिवेशन गर्नुपर्ने विषयमा नेताहरूबीच छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।
भदौको दोस्रो साता हुने १४ औँ महाधिवेशन काठमाडौंमा हुने तय भएको छ । १४ औँ माधिवेशन विधानले दिएको व्यवस्था सकिएको छ । भने संविधान दिएको व्यवस्थाअनुसार भदौ मसान्तसम्म महाधिवेशन नगरे पार्टीको वैधानिकता सकिन्छ । बैठकमा २५ जना भन्दाबढी केन्द्रीय सदस्यहरुको सहभागिता थियाे ।
सम्बन्धित

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
प्रतिक्रिया