चिनियाँ व्यापार प्रतिनिधि, अमेरिकी अर्थमन्त्रीबीच भिडियो वार्ता, अब व्यापार सहज हाेला ?

बेइजिङ । चीनका प्रमुख व्यापार प्रतिनिधि र अमेरिकी अर्थमन्त्री जानेट येलेनबीच पहिलो पटक बुधबार भिडियो संवाद भएको छ । तर दुबै पक्षले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र चीनबीच जारी करवृद्धि युद्ध कहिले समाप्त हुन्छ भन्ने बारेमा केही बताएका छैनन् ।
चीनका प्रमुख व्यापार प्रतिनिधिका रुपमा उपप्रधानमन्त्री लिउ हे ले नेतृत्व गरेका छन् । दुवै नेताले आर्थिक स्थिति, द्वीपक्षीय सहयोग तथा आपसी चासोका अरु विषयमा छलफल गर्नु भएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।
उता अर्थमन्त्री येलेनको कार्यालयले दुबै मुलुकका आपसी चासोका विषयमा खुला छलफल भएको जानकारी दिएको छ, तर वार्तामा के कुरा भए भन्ने खुलाएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्ववर्ती राष्ट्रपति ट्रम्पले चीनसँग शुरु गर्नु भएको करयुद्ध कसरी सम्बोधन गरिनेछ भन्ने बारेमा अहिलेसम्म केही बताएका छैनन् ।
ट्रम्पले चीनको औद्योगिक नीति र चीन–अमेरिका व्यापार घाटाको विषयलाई लिएर चीनबाट आयात हुने सामानमा शृंखलाबद्ध करवृद्धि गरेका थिए । जवाफमा चीनले पनि अमेरिकी सोयाबिन र अरु सामानमा करवृद्धि गर्नुका साथै कतिपय अमेरिकी सामानको आयात रोकेको थियो ।
चिनियाँ उपप्रधानमन्त्री लिउले गत साता अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईसँग पनि फोनमा कुराकानी गरेका थिए । टाईको कार्यालयले दुबै देशबीचको व्यापार सम्बन्धको समीक्षा गरिरहेको बारेमा चिनियाँ पक्षलाई जानकारी दिइएको जनाएको छ ।
दुवै देशका व्यापार प्रतिनिधिहरुबीच कोभिड–१९ का कारण सन् २०२० को शुरुदेखि नै प्रत्यक्ष भेटवार्ता हुन सकेको छैन । तल्लो तहका अधिकारीहरुबीच फोनबाटै कुराकानी भइरहेका छन् । ट्रम्पकै कार्यकालमा चीन र अमेरिकाबीच पहिलो चरणको सम्बन्ध सामान्यीकरण सम्झौता सन् २०१९ मै भएको थियो ।
उक्त सम्झौतामा थप करवृद्धि योजना तत्कालका लागि स्थगन गर्ने र कतिपय करवृद्धि प्रस्ताव फिर्ता लिइने उल्लेख छ । चीनले पनि अमेरिकी सोयाबिनको आयात गर्ने र अमेरिकी अरु सामानको खरिदलाई बढाउने प्रतिबद्धता जनाएको थियो । तर कोभिड–१९ का कारण विश्वव्यापी व्यापारमा मन्दी छाएसँगै चीनले अमेरिकी प्रतिबद्धता पूरा गर्न सकेको छैन ।

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया