आजको राशिफल : ज्येष्ठ २० गते बिहीबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको २० गते बिहीबार, ज्येष्ठ कृष्णअष्टमी तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा मेहनत गर्न मन लाग्ने छ । मनोकामना पुरा हुने छ । आम्दानीमा बृद्धि हुने छ । मान, सम्मान र कीर्ति प्राप्त हुने छ । पेशागत जीवनमा पनि सकारात्मक अवस्था रहने छ । अरुले तपाईको बोली प्रति विश्वास गर्ने छन् । पेय पदार्थ, मदिरा, कलेज तथा विश्वविद्यालय, बोडिङ्ग स्कूल, शिक्षा क्षेत्र, गाईपालन, दुध, पानीको कारोार, अध्ययन अध्यापन आदीमा सहभागिहरुको आम्दानी बृद्धि हुनेछ ।
वृष
पेशागत जीवनमा प्रगति हुने छ । आफ्नो भूमिकाको अरुले कदर गर्ने छन् । भाग्यको साथ रहेकाले आम्दानीमा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्ने छन् । आत्माबल उच्च हुने छ । तर रिसाहा ब्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनु होला । उद्योग, कलकारखाना, चार्टड एकाउन्टेण्ट, आयात निर्यात, लेखा व्यवसाय, ढुवानीका सवारीसाधन, औषधीको आपूर्ति आदीमा संलग्नहरुलार्य समय शुभ रहेको छ ।
मिथुन
भाग्य बलियो रहेको छ । मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । तर रिस भने अत्याधिक कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी संहाल्नु पर्ने समय छ । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । उद्योग प्रतिष्ठान तथा कार्यालयमा श्रम समस्या गम्भीर बनेर देखा पर्ने छ । न्याय क्षेत्र, प्रशासन, राजनीति, छालाजन्य कारोवार, औषधीको कारोवार, गरगहनाको ब्यापार, श्रम क्षेत्र, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई समय प्रतिकुल रहेको छ ।
कर्कट
रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तानबाट पनि सुख प्राप्त हुने छैन् । जसले गर्दा मनमा उदासिनता बढाउने छ । समय प्रतिकुल रहेकाले गर्न खोजेको काममा निकै ढिला गरि मात्र नतिजा प्राप्त हुने भएकाले धैर्यता काम राख्नु होला । लेखन, प्रेस जगत, होटल, रेष्टुरेण्ट, विद्यालय, कलेज, अध्ययन, अध्यापन, शिक्षा क्षेत्र, शिक्षक, स्टेशनरी आदीमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ ।
सिंह
आम्दानी गर्नु पर्दछ भन्ने सोचमा आउने तिब्रताले आयका क्षेत्रमा सक्रियता बढाउने छ । पेशाप्रति समर्पित हुने र मेहनत गर्न मन लाग्ने छ । आफ्ना सहकर्मी तथा माथिल्ला पदाधिकारीहरुसँग सन्तुलन कायम हुने छ । दाम्पत्य जीवनमा समझदारी कायम हुने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुन पुग्ने छ । बजारीकरण, राजनीति, ब्यवस्थापन, ब्यापार विजनेश, वाणिज्य, संचारकर्मी, पत्रकारिता, सञ्चार क्षेत्र आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने समय सक्रिय छ ।
कन्या
मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योलतामा पारि दिने छ । सतर्कतासाथ पाईला चाल्नु पर्ने समय रहेको छ । दाम्पत्य जीवनमा पनि कठिनाई र बिबाद चर्किने छ ।साझेदारीमा गरिएका काममा पनि समस्याहरु बढ्न पुग्ने छन् । पेशागत जीवनमा तिक्ततापूर्ण वातावरण उत्पन्न हुन पुग्दा झैझगडाको अवस्था आउने छ । आम्दानीमा कमि आउने छ । औषधीको आपूर्ति, मेडिकल, वाणिज्य क्षेत्र, ब्यवस्थापन, पत्रकारिता आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई भने समय अनुकुल बन्ने छ ।
तुला
भित्रि बुद्धि सक्रिय हुने भएकाले बाहिरबाट हेर्दा चलाख ब्यक्तित्व बन्ने छ । अध्ययन अध्यापनमा मन जाने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । तर जति नेतृत्वदायी क्षमतामा आउने गिरावटले प्राप्त अवसरको सदुपयोग गर्न नसक्ने अवस्था आउने छ । राखिएका लक्ष्य पुरा नहुने भएकाले यसबारेमा धेरै चिन्ता नलिनु होला । जीवनसाथिको साथसहित काम गरेमा प्रगति हुने छ । गरगहरनाको ब्यापार, व्यवस्थापन, बैंकिङ्ग, राजनीति, लेखन, पत्रकारिता, प्रकाशन, वाणिज्य जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ ।
वृश्चिक
भाग्य बलियो भएकाले परिस्थिति अनुकुल बन्दै जाने देखिन्छ । तर मनमा भने नकारात्मकता बृद्धि हुने छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक विचार बढि आउने भएकाले यसले उर्जामा ह्रास ल्याउने छ । परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन् । परिवारको साथबाट सुख, शान्तिको अनुभुति हुन जाने छ । अत्याधिक शारीरिक थकान हुने छ । घर जग्गाको कारोवार, सुरक्षा फौज, सेना, खेल जगत, जिमखाना संचालन, सेक्युरिटी पेशा, होटल, रेष्टुरेण्ट आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई समय अनुकुल रहेको छैन् ।
धनु
भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल कम मात्र प्राप्त हुने छ । शत्रुतामा बृद्धि हुन जाने भएकाले हरदम यसबारेमा संयमित रहनु होला । मेहनत र पराक्रमी शैलीमा कमि आउन जाने छ । पेशागत जीवनमा बादबिबादमा फस्न पुगिने छ । रोजगारी गरिरहेकाहरुलाई समय औसत छ तर ब्यवसायमा रहेकाहरुलाई भने समय प्रतिकुल छ । गरगहनाको ब्यापार, पत्रकारिता, राजनीति, ठेक्कापट्टा, वाणिज्य, ब्यवस्थापन, स्टेशनरी जस्ता क्षेत्रमा कार्यरतहरुलाई सतर्क रहनु पर्ने छ ।
मकर
प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । पारीवारिक मिलन हुने छ । पेशागत जीवनमा भने द्वन्दात्मक अवस्था आउने छ । दृढ खाले ब्यक्तित्व हुने छ तर रिस पनि उत्तिकै उठ्न जाने भएकाले यसबारेमा संयमित हुनु होला । आम्दानीमा पनि कमि आउन जाँदा यसले आर्थिक ब्यवस्थापनमा असन्तुलन ल्याउने छ । फोहर ब्यवस्थापन, उद्योग कलकारखाना, ठेक्कापट्टा, छालाजन्य कारोवार, फलाम, निर्माण क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छ ।
कुम्भ
आम्दानीमा पनि हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैको साथ र समर्थन मिल्ने छ । परिवारका सदस्यहरुले तपाईमाथि भरोसा गर्ने छन् । शत्रु भने धेरै बढ्न पुग्ने भएकाले यसबारेमा सचेत रहनु होला । बोलीको प्रभावकारितामा भने केही कमि आउने छ । परामर्श, शिक्षा क्षेत्र, लेखन, प्रवचन, अध्ययन अध्यापन, दार्शनिक तर्क वितर्क, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई समय शुभ देखिन्छ ।
मीन
संयमित भएर पाईला चाल्नु पर्ने समय रहेकाले धैर्य रहनु होला । भाग्यको साथ नभएकाले धेरै संघर्ष तर थोरै प्रतिफल आउने छ । मनमा दुविधा र अन्योलताले सताउने छ । अस्पतालजन्य खर्च गर्नै पर्ने अवस्था आउने छ । जीवनसाथिको सल्लाह लिएर कार्य अघि बढाएमा केही राहत मिल्ने छ । रोजगारी गरिरहेकाहरुलाई समय औसत रहेको छ भने ब्यवसायमा रहेकाहरुको हकमा समय चुनौतिपूर्ण रहेको छ ।
प्रतिक्रिया