आइतबार, जेठ ४, २०८२

खनाल-नेपाल पक्षले केन्द्रीय समिति बोलाएकोमा ओली पक्षको आपत्ति

पार्टीको विधान विपरीत हो, सहभागी नहुनू !

मेरोन्यूज २०७८ जेठ २० गते ८:४०


काठमाडौं । खनाल -नेपाल पक्षले केन्द्रीय समिति बोलाएकोमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले आपत्ति जनाएको छ । खनाल नेपाल समहुले आज ११ बजे पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न केन्द्रीय समितिको भर्चुअल रुपमा बैठक बस्ने भएपछि ओली पक्षले आपत्ति जनाएको हो ।

ओली पक्षले आज बिहान एक विज्ञप्ति जारी गदै पार्टी अध्यक्षसँगको परार्मश बिना महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को बैधानिक व्यवस्था विपरित र पार्टीले कारवाही गरेको अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै आपत्ति जनाएको छ ।

पार्टीको विधान र मुलुकको कानुन विपरित त्यस्ता कृयाकलापमा सहभागी नहुन समेत ओली पक्षले केन्द्रीय सदस्यहरुलाई आग्रह गरेको छ ।


प्रतिक्रिया