मंगलबार, वैशाख ८, २०८३

महोत्तरीमा थप चौथोपटक निषेधाज्ञा जारी

मेरोन्यूज २०७८ जेठ २० गते ९:३२

महोत्तरी । महोत्तरीमा चौथोपटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रोपटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः ११ दिन थप गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पहिलोपटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रोपटक निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँड्डुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । यस अवधिभर सार्वजनिक यातायातका साधन, होटेल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला, जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन ९अस्पताल, औषधि पसल, दूध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा० भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

जिल्लामा बुधबारसम्म यसपालि गत वैशाख १४ गतेयता महाव्याधि संक्रमणले ६९ जनाको ज्यान गइसकेको छ । यस अवधिमा दुई हजार ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस अवधिमा ४८५ जनाले संक्रमण जितेका छन् । एक हजार ७७८ जनामा अझै संक्रमण पाइएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति प्रतिभा सिंहले जानकारी दिइन् । रासस

प्रतिक्रिया