सामाजिक संजालमा श्रद्धाञ्जलीको होडबाजी

काठमाडौँ । आजभन्दा केही बर्ष अघि बुटवलमा एकजनाको हर्टट्याकका कारण अचानक निधन भयो । उनका भाइ काठमाडौंमा बस्दथे । आफन्तले दाइको मृत्युु भन्दा आत्तिन सक्ने भन्दै उनलाई घरमा थाहा नदिइ बोलाउने उपाए बनाए ।
कल गर,“ घरमा हजुरआमा अत्यन्त बिमारी हुनुहुन्छ । तिमी जति सक्छौ छिटो घरमा आउ, आजै भर्खरै हिड ।” फोन राख्ना साथ हतार हतार गर्दै भैरहवाको टिकट मिलाइ काठमाडौं बिमानस्थल पुगे । जहाँजमा बसेर मोबाईलमा फेस्बुक खोलेको मात्र के थिए । उनलाई ट्याग गरी उनका दाइको मृत्युु भन्दै उनका छिमेकीले दिइएको श्रद्धाञ्जली पोस्ट देखे । पोस्ट पढेर नसक्दै उनी बेहोस भए ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो । जन्मेपछी मृत्यु अवस्य हुन्छ । जन्म र मृत्युु बिचको अवधिलाई जीवन भनिन्छ । त्यही जिवनमा गरेको कर्मले नै हाम्रो नाम अनि पहिचान बन्दछ । त्यसैले मानिसले जिवनमा मर्नु अघि केही न केही गरेर मर्न चाहान्छ । अर्थात समाज र राष्ट्रको लागि भलाई हुने काम गरी आफुलाइ यो कालखण्डमा अमरत्व सिद्ध गर्न चाहान्छ ।
हाल सामाजिक संजालमा जन्मदिनको शुभकामना/वैवाहिक वर्षगाठको शुभकामना/विभिन्न बधाईहरु अनि श्रद्धाञ्जलीहरु पोस्ट गर्ने होड्बाजी नै छ । यी पोस्टहरुमा अन्य पोस्टमा भन्दा बढी लाइक कमिन्टहरु आउने गर्दछन् । बधाइ तथा शुभकामनाका पोस्टमा सम्बन्धित ब्याक्तीले खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन पनि गर्दछन् ।
तर मृत्यु भइ श्रद्धाञ्जली दिइने पोस्ट अन्य पोस्ट जस्तो हुँदै होइन । मृतकका आफन्तसंग अनुमति नलिइ उनिहरुको समवेदना समेत ख्याल नगरी दिइने समवेदनाले मृतक र उनका परिवार/आफन्तलाइ मजाक बन्दै गइरहेको छ । मृतक जिवित हुँदा चिनजान नभएको, उसको बारेमा थाहा नै नभएको, थाहा भएपनी राम्रै कामको पनि प्रशंसा गर्न कन्जुस्याइँ गर्ने, बरु बिरोध गर्नेहरु नै यस्तो पोस्ट गर्न हतार गरेका हुन्छन् ।
अचम्मको कुरा के छ भने, आजभन्दा केही वर्षअघि राष्ट्रकवी माधव प्रसाद घिमिरेको निधन भन्दै श्रद्धाञ्जलीका पोस्ट धेरैजनाको फेसबुकको भित्तामा देखियो । उक्त खबर उहाँका परिवारमा थाहा पाएपछि परिवारले खबर झुट भएको र उहाँ स्वस्थ्य रहेको विज्ञप्ति नै निकाल्न परेको थियो । त्यसपछि सबैले श्रद्धाञ्जलीको पोस्ट हटाए । उहाँ १०० बर्ष पूरा गर्नुभयो । उक्त हल्लाको करिब ३ वर्षपछि उहाँको निधन भयो ।
केही महिना अघि कांग्रेस नेता नविन्द्रराज जोशीको निधन नहुँदै यस्तै अफवाह फैलाए । सामाजिक सञ्जालमा समवेदना र श्रद्धाञ्जलीका पोष्टले फेसबुक भरियो । त्यो समयमा अस्पताल प्रशासनले मृत्युको खबर झुट रहेको बिज्ञप्ति निकाल्न बाध्य भयो । सबैले श्रद्धाञ्जलीको पोस्ट हटाए । केही दिन पछि उहाँको दुःखद मृत्यु भएको थियो ।
भर्खरैको घट्ना चर्चा गरौ । विवेकशिल साझा पार्टीका नेता उज्ज्वल थापाको मृत्यु करिब ४ः२५ तिर अस्पतालले घोषणा गर्यो । तर, फेसबुकमा भने उहाँको श्रद्धाञ्जली सोही दिन २ बजे नै आइसकेको थियो । केही अनलाइन समाचार र सामाजिक सञ्जालमा हजाराैँ फलोहर भएका अभियान्ताले उक्त खबर हल्ला गर्दै श्रद्धाञ्जली दिए । पछि खबर झुट रहेको जानकारी पाएपछी श्रद्धाञ्जलीको पोस्ट हटाए ।
उदाहरण दिइएका घट्ना लगायत पूर्व युवराज बिरामी परेर अस्पताल भर्ना हुँदा पनि यस्तै हल्ला दोहोर्याएका थिए । भारतिय कलाकार लता मङेस्करको निधन भएको भन्दै २/३ पटक नै श्रद्धाञ्जली दिएको देखिरहेकै छौं । उहाँ अझैसम्म जिवित हुनुहुन्छ र संगीतमा सक्रिय हुनुहुन्छ ।
सामाजिक संजालमा यस्ता ब्याक्तीहरुले मानवीयतालाइ नै चुनौती दिइरहेका छन । कस्को मृत्यु होला र श्रद्धाञ्जली/समवेदनाको पोस्ट गराैँला भन्दै पर्खेर बसे झै महसुस हुन लागेको छ । पोस्ट गर्नु भन्दा अगाडी एक पटक सोच्नुहोस ।
यदि तपाइका आफन्तको असामयिक निधन भएका बेला कति पीडा हुन्छ । त्यस बेला दिइने श्रद्धाञ्जलि/समवेदनाको पोस्ट पढ्दा तपाइँ स्वयंलाई कति पिडा माथी पीडा हुन्छ ? अरुको मनमा पनि त्यस्तै पीडा हुन्छ भन्ने सम्झीनु पर्दछ । सक्छौ जिवित हुँदा साथ दिऊ । उहाँहरुका सोच, बिचार, अभियानलाई साथ दिऊ ।
योगदानको चर्चा गरौँ । बिचार चित्त नबुझे स्वस्थ्य आलोचना गराैँ । मृत्युु पछि उहाँहरुको राम्रा सोच, बिचार र योगदानको अनुसरण गरौँ । मृत्कका पूरा हुन नसकेका कामहरु पूरा गरी सच्चा श्रद्धाञ्जली दिऊ ।
तर, आधिकारिक पुष्टि नहुँदै छिटो पोस्ट गरी धेरै लाइक कमिन्ट बढाउने र सस्तो लोकप्रियता बटुल्न गरिने यस्ता पोस्टले मृतकको ठाडो अपमान अनि शोकमा रहेका आफन्तको मृत्यु मजाक हुन्छ ।
तपाईं स्वयंको पनि यस्ता पोस्टले ब्यक्तित्व गिर्दै जान्छ । त्यसैले अमानवीय देखिने मृत्युमजाक हुने पोस्ट बन्द गरौँ । सामाजिक संजाललाई दुरुपयोग नगरौँ । सकारात्मक पोस्ट गराैँ ।

लेखक पाण्डे कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।
यो पनि पढ्नुहोस्
मलाई पनि तिम्रो बिहेमा बोलाउनु है
प्रतिक्रिया