कालो ढुसीबाट एक जनाको निधन
मेरोन्यूज
२०७८ जेठ २० गते १३:२७
काठमाडौँ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कालो ढुसी रोगको संक्रमणबाट एक जनाको निधन भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका ६ का ६५ वर्षीय पुरुषको आज बिहान ७ बजे मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आइसियूमा भर्ना भई उपचार गराइरहेका थिए ।
‘ब्ल्याक फंगसको लक्षण देखिएका आधारमा उनको उपचार भइरहेको थियो,’ उनले भने, ‘अस्पतालका डा. शेरबहादुर कमर, डा. अशोक श्रीपाइली, निशान भट्टराई र इएनटी चिकित्सकको टिम उनको उपचारमा संलग्न थियो ।’
यसअघि ती व्यक्तिमा कोरोना भएको कुनै संकेत देखिएको थिएन ।
सम्बन्धित
















गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया