चारवर्षपछि प्रदेशबाट सरकारमा फर्कियो कांग्रेस

सुर्खेत । बामपन्थी गठवन्धनका कारण चारवर्ष यता सरकारबाट विमुख बनेको नेपाली काग्रेसले प्रदेश सरकारबाट सरकारमा सहभागिता जनाएको छ । चार वर्षपछि प्रदेशबाट सरकारमा कांग्रेस फर्किएको छ ।
एमाले र माओवादी वीचको विवाद र एकता भत्केपछिको लाभ कांग्रेसले पहिलो पटक कर्णाली प्रदेशवाट सरकारमा प्रवेश गरेर उठाउन लागेको हो । एमाले र माओवादी वीचको २०७४ को केन्द्र र प्रदेश सभाको चुनावमा भएको गठवन्धन, त्यसपछि यी दुई कमयुनिष्ट पार्टीमा भएको एकताले काग्रेस केन्द्र देखि प्रदेश सरकारसम्म सरकारविहिन अवस्थामा थियो ।
तर एमाले र माओवादी केन्द्र वीचको गठवन्धन र एकता ४१ महिनामै भताभुंग भएपछि काग्रेसलाई सरकारमा जाने बाटो खुलेको हो । पहिलो पटक संघीयताको कार्यान्वयन अनुसार गठन भएको प्रदेश सरकारमा सहभागिता काग्रेसले कर्णालीबाट शुरु गरेको हो । कर्णाली प्रदेशमा अव कांग्रेसले दुई जना मन्त्री पठाएर सरकारमा सहभागीता जनाउन लागेको हो ।
कांग्रेसले कर्णाली प्रेदशमा सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालयको नेतृत्व गर्नेछ। त्यहाँ माओवादी केन्द्रका महेन्द्रवादुर शाही मुख्यमन्त्री छन् । कांग्रेसले प्रदेश सांसदहरु यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको स्रोतको भनाई छ । मन्त्रालय टुग्गिएका कारण शुक्रवार ति मन्त्रीहरुको सपथ गराउने तयारी भएको छ ।
एमालेको साथ र समर्थनमा मुख्यमन्त्ती बनेका शाही एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । पछि उनले विश्वासको मत लिने बेला एमालेकै माधव नेपाल समुहका नेताहरुो फलोर क्रसबाट भएको सहयोग र काग्रेसले दिएको समर्थनले सरकार जोगिएको थियो ।
केन्द्रमा पनि काग्रेसले आफै सरकारको दावी प्रस्तुत गरेको थियो । राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनको आह्रवान गरेपछि काग्रेस सभापति शेरवहादुर देउवा माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल समुहको साथमा सरकारको नेतृत्व दावी गर्न पुगेका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दावीमा आधार नपुगेको बताएपछि उनी प्रधानमन्त्री बन्न सकेनन । त्यसपछि सरकार संसदवाट अव कसैको पनि बन्न नसक्ने अवस्था रहेको दावीस् सहित संसद प्रधानमन्त्री केपी ओलीले विघटन गरिदिएका थिए ।
त्यसपछि यो मुद्धा अदालतमा छ । उता गण्डकी र लुम्विनीमा पनि एमालेसँगको एकता टुटेपछि कांग्रेस र माओवादी केन्द्रका बीचमा एउटा –एउटा मुख्यमन्त्री वाडाफाँड गरेर एमाले नेतृत्वको प्रदेश सरकार गिराउने योजना बनाएका थिए ।
उनीहरुले जसपाको उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समेत साथ लिएर त्यो प्रयास गरेपनि सफल भईरहेका छैनन । तर कोसिस अझै पनि जारी नै रहेको देखिन्छ ।
गण्डकीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले ठूलो दलको हैसियतमा संविधानको धारा १६८(३) अनुसार अहिले सरकारको नेतृत्व गरिरहेका छन् । उनले विश्वासको मत लिनुपर्ने समय नजिकिँदो छ । विश्वासको मत लिन नसके विपक्षीका तर्फबाट वहुमत जुटेमा काग्रेसका नेता मुख्यमन्त्री बनेर सरकारमा सहभागिता जनाउनेछन् ।
लुम्विनीमा भने एमालेका नेता मुख्यमन्त्री शंकर पोखरेलले संसदको अल्पमतमा रहेर वुहमतको सरकार चलाएको र त्यसको वैधानिक हैसियत नराख्ने भन्दै विपक्षीहरुले दलिल पेश गरिरहेका छन् । तर त्यहाँ पनि सत्तापक्षका विरुद्ध विपक्षीहरुले बनाएको गठवन्धन कामयावी हुन सकिरहेको छैन ।
तर कर्णालीबाट कांग्रेसले चार वर्षपछि सरकारमा सहभागीता शुरु गरेको छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया