चाईनिज ताईपेईविरुद्ध नेपालको सहज जीत

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ ।
कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेईलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोट खेलमा दोस्रो जित निकालेको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक/एक गोल गरे ।
खेलको चौथो मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई जित दिलाएका थिए । खेलको ८२ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २–० को अवस्थामा पुर्याए । यीनै दुई गोल नै नेपाललाई जीत दिलाउन पर्याप्त बन्यो ।
जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा छ ।
अब नेपालले जेठ २५ गते मंगलबार जोर्डन र २८ गते शुक्रबार एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।


















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया