चाईनिज ताईपेईविरुद्ध नेपालको सहज जीत

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ ।
कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेईलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोट खेलमा दोस्रो जित निकालेको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक/एक गोल गरे ।
खेलको चौथो मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई जित दिलाएका थिए । खेलको ८२ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २–० को अवस्थामा पुर्याए । यीनै दुई गोल नै नेपाललाई जीत दिलाउन पर्याप्त बन्यो ।
जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा छ ।
अब नेपालले जेठ २५ गते मंगलबार जोर्डन र २८ गते शुक्रबार एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया