आइतबार, जेठ ४, २०८२

कोरोना संक्रमणबाट जिल्ला अदालत धादिङका न्यायाधीश पौडेलको निधन

मेरोन्यूज २०७८ जेठ २१ गते ९:३२

धादिङ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ ।

उनको उपचारका क्रममा काठमाडौंस्थित स्टार अस्पतालमा आज बिहान निधन भएको हो । विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए ।

पुनरावेदन अदालत बुटवलका न्यायाधीशसमेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमण भएपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो । उपचारकै क्रममा आज बिहान निधन भएको पौडेलले बताए ।

प्रतिक्रिया