पूर्व सांसद तथा माओवादी केन्द्रका नेता तामाङको निधन

काठमाडौं । पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विष्णु बहादुर तामाङ (विएल वाइबा) को कोरोना संक्रमणका कारण निधन भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका–५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा गएराति निधन भएको हो । कारोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको उपचारको सिलसिलामा सुगर लेभल एक्कासी बढी भएर झापाको दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ ।
उनको शव घर ल्याएर धार्मिक परम्परा अनुसार भोली बिहानमात्रै दाहसंस्कार गर्ने कार्यक्रम बनिरहेको वडाध्यक्ष भुषण खातीले जानकारी दिए ।
यसैबीच पूर्व सांसद तामाङको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।
वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको प्रचण्डले बताए ।
‘कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको छ । सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय हुनुहुन्थ्यो’, प्रचण्डले भनेका छन् ।
वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिंदै उनीप्रति प्रचण्डले श्रद्धा सुमन प्रकट गरेका छन् ।
स्थानीय सामन्तविरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरेका तामाङ २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौ.म.)को केन्द्रीय सदस्य भएका थिए ।
२०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं ५ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा माओवादीबीचको एकीकरणपछि केन्द्रीय सदस्य हुँदै माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका थिए । उनका तीन छोरा र दुई छोरी छन् ।










काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया