कोरोना कहरमा पत्रकार
१९ पत्रकारको निधन, ९२६ संक्रमित
अझै २१९ पत्रकार कोरोनासँग जुधिरहेका छन् । जसमध्ये ३० जना अस्पतालमा छन् । त्यसमा ५ जना आइसियू-भेन्टिलेटरमा छन् ।

काठमाडौँ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनबाट सञ्चारकर्मीहरू पनि अछुतो छैनन् । राज्यले फन्टलाइनरको रुपमा परिभाषित नगरे पनि महामारीका बेलामा ‘फन्टलाइनर’कै रुपमा काम गरिरहेका १९ सञ्चारकर्मीले कोरोनाबाट ज्यान गुमाउन पुगेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीका अनुसार देशभरबाट हालसम्म १९ जना सञ्चारकर्मीको निधन भएको छ । ९२६ जना पत्रकार संक्रमित भएका छन् । जसमध्ये अझै २१९ जना सक्रिय संक्रमितकै अवस्थामा छन् । जसमा ३० जना अस्पतालमा छन् ।
कोरोना संक्रमण भएकाहरूमध्ये ५ जना सञ्चारकर्मीहरू अस्पतालमा आइसियू-भेन्टिलेटरको साहायतमा छन् । महासंघको जानकारीमा आएको तथ्यांक हो, यो । निधन भएका मध्ये २ जना पत्रकारले मात्र पहिलो चरणको खोप लगाएको र अन्यले नलगाएको तथ्यांक महासंघसँग छ ।
महासंघले झण्डै सय जना कोरोना संक्रमित पत्रकारहरूलाई अस्पतालमा बेड मिलाउने, आर्थिक साहायता उपलब्ध गराउने लगायतका काम गरिसकेको छ ।
संक्रमितमध्ये महासंघको प्रतिष्ठान प्रदेश कमिटीमा कार्यरत सञ्चारकर्मीहरू कोभिडबाट संक्रमित भएका छन् । प्रतिष्ठान प्रदेश कमिटीतर्फका २८७ जना पत्रकार कोभिड संक्रमित भएका थिए । जसमध्ये २ जना पत्रकारको निधन भएको थियो भने १८३ जना पत्रकार अहिले संक्रमण मुक्त भएका छन् । अझै १०२ जना पत्रकारहरु सक्रिय संक्रमितकै अवस्थामा छन् ।
कुन प्रदेशमा कति पत्रकार संक्रमित ?
कोरोनाले प्रदेश १ मा ७९ जना, प्रदेश २ मा ४५ जना, बागमती प्रदेशमा ७१ जना, गण्डकी प्रदेशमा ११५ जना, लुम्बिनी प्रदेशमा १११ जना पत्रकार संक्रमित भएको तथ्यांक नेपाल पत्रकार महासंघसँग छ ।
त्यस्तै, कर्णाली प्रदेशमा ४१ जना, सुदूरपश्चिम प्रदेशमा ६७ जना, उपत्यका प्रदेशमा ७९ जना, प्रतिष्ठान प्रदेशमा २८७ जना, एसोसिएट प्रदेशमा ३१ जना गरी कुल ९२६ जना पत्रकार संक्रमित भएका छन् ।













एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया