कोरोना कहरमा पत्रकार
१९ पत्रकारको निधन, ९२६ संक्रमित
अझै २१९ पत्रकार कोरोनासँग जुधिरहेका छन् । जसमध्ये ३० जना अस्पतालमा छन् । त्यसमा ५ जना आइसियू-भेन्टिलेटरमा छन् ।

काठमाडौँ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनबाट सञ्चारकर्मीहरू पनि अछुतो छैनन् । राज्यले फन्टलाइनरको रुपमा परिभाषित नगरे पनि महामारीका बेलामा ‘फन्टलाइनर’कै रुपमा काम गरिरहेका १९ सञ्चारकर्मीले कोरोनाबाट ज्यान गुमाउन पुगेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीका अनुसार देशभरबाट हालसम्म १९ जना सञ्चारकर्मीको निधन भएको छ । ९२६ जना पत्रकार संक्रमित भएका छन् । जसमध्ये अझै २१९ जना सक्रिय संक्रमितकै अवस्थामा छन् । जसमा ३० जना अस्पतालमा छन् ।
कोरोना संक्रमण भएकाहरूमध्ये ५ जना सञ्चारकर्मीहरू अस्पतालमा आइसियू-भेन्टिलेटरको साहायतमा छन् । महासंघको जानकारीमा आएको तथ्यांक हो, यो । निधन भएका मध्ये २ जना पत्रकारले मात्र पहिलो चरणको खोप लगाएको र अन्यले नलगाएको तथ्यांक महासंघसँग छ ।
महासंघले झण्डै सय जना कोरोना संक्रमित पत्रकारहरूलाई अस्पतालमा बेड मिलाउने, आर्थिक साहायता उपलब्ध गराउने लगायतका काम गरिसकेको छ ।
संक्रमितमध्ये महासंघको प्रतिष्ठान प्रदेश कमिटीमा कार्यरत सञ्चारकर्मीहरू कोभिडबाट संक्रमित भएका छन् । प्रतिष्ठान प्रदेश कमिटीतर्फका २८७ जना पत्रकार कोभिड संक्रमित भएका थिए । जसमध्ये २ जना पत्रकारको निधन भएको थियो भने १८३ जना पत्रकार अहिले संक्रमण मुक्त भएका छन् । अझै १०२ जना पत्रकारहरु सक्रिय संक्रमितकै अवस्थामा छन् ।
कुन प्रदेशमा कति पत्रकार संक्रमित ?
कोरोनाले प्रदेश १ मा ७९ जना, प्रदेश २ मा ४५ जना, बागमती प्रदेशमा ७१ जना, गण्डकी प्रदेशमा ११५ जना, लुम्बिनी प्रदेशमा १११ जना पत्रकार संक्रमित भएको तथ्यांक नेपाल पत्रकार महासंघसँग छ ।
त्यस्तै, कर्णाली प्रदेशमा ४१ जना, सुदूरपश्चिम प्रदेशमा ६७ जना, उपत्यका प्रदेशमा ७९ जना, प्रतिष्ठान प्रदेशमा २८७ जना, एसोसिएट प्रदेशमा ३१ जना गरी कुल ९२६ जना पत्रकार संक्रमित भएका छन् ।



















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया