सिरहामा अज्ञात समूहद्वारा व्यसायीमाथि गोली प्रहार
मेरोन्यूज
२०७८ जेठ २२ गते २२:५१

काठमाडौं । सिरहाको मिर्चैयामा शनिवार बेलुका व्यवसायीलाई गोली प्रहार भएको छ। मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका ३९ वर्षीय रामसागर साफीमाथि गोली प्रहार भएको हो ।
पसलमै ३–४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक डिएसपी शालिग्राम शर्माले जानकारी दिए । डिएसपी शर्माका अनुसार पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको हो ।
उनले मेरो न्युजलाई भने ‘साफीको दाँया खुट्टा र हातमा गोली लागेको हो, उनको मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा उपचार भइरहेको छ।’ प्रहरीले घटनामा संलग्न रहेको अशंकामा तीनजनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सम्बन्धित
















५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया