सिरहामा अज्ञात समूहद्वारा व्यसायीमाथि गोली प्रहार
मेरोन्यूज
२०७८ जेठ २२ गते २२:५१

काठमाडौं । सिरहाको मिर्चैयामा शनिवार बेलुका व्यवसायीलाई गोली प्रहार भएको छ। मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका ३९ वर्षीय रामसागर साफीमाथि गोली प्रहार भएको हो ।
पसलमै ३–४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक डिएसपी शालिग्राम शर्माले जानकारी दिए । डिएसपी शर्माका अनुसार पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको हो ।
उनले मेरो न्युजलाई भने ‘साफीको दाँया खुट्टा र हातमा गोली लागेको हो, उनको मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा उपचार भइरहेको छ।’ प्रहरीले घटनामा संलग्न रहेको अशंकामा तीनजनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सम्बन्धित








विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
राजधानीमै छैन पर्यटक बसको बसपार्क
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया