चौतर्फी विवादमा आएपछि उपप्रधानमन्त्री महतोको प्रष्टिकरण
मेरो भनाई गलत अर्थमा बंग्याइयो, आफ्ना कुरा संविधान संसोधन कार्यदलमा राख्छौं

काठमाडौं । मन्त्री भएर पदभार ग्रहण गरेलगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको विवादास्पद अभिब्यीक्तका बारेमा मन्त्री महतोले शनिवार राती प्रष्टिीकरण दिएका छन् । आफनो अभिब्यीक्तको चौतर्फी विरोध भएपछि उपप्रधानमन्त्री महतोले शनिवार राती वक्तब्य जारी गरेर राष्टिय एकता, अखण्डता र राष्टिय एकताप्रति आफु पूर्ण प्रतिबद्ध रहेको जनाएका हुन् ।
उनले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसास्कृतिक, विशेषतायुक्त, भौगोकिल विविधतामा रहेका समान आकाक्षा र नेपालको राष्टिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्टिय हित तथा समृद्धि प्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सवै नेपाली जनता समष्टिमा राष्ट हो भन्ने विषयलाई आत्मसाथ गदै यो राज्य सवै जात जाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट हो भन्ने आसय ब्यक्त गरेको भन्दैं प्रष्टीकरण दिएका हुन् ।
महतोले संविधानमा आफुहरुको रहेको असन्तुष्टि सम्वोधन गर्न गठन भएको संविधान संसोधन कार्यादलमा यस विषयमा आफना धारणा राख्ने वक्तब्यमा जनाएका छन् ।
आफनो अभिब्यक्तिलाई गलत अर्थ लाग्ने गरी बङग्याईएको मन्त्री महतोको भनाई छ ।
उनले शुक्रवार राती नै मन्त्रीको पदभार ग्रहण गर्दा र शनिवार दिउँसो जसपाको सम्र्पक कार्यालय बबरमहलमा उनी लगायतका मन्त्रीको स्वागतका लागि गरिएको कार्यक्रममा नेपाललाई बहुल राष्टिय राज्य बनाउनुपर्ने धारणा राखेका थिए ।
त्यहाँ महतोले भनेका थिए,– ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो । बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’
आफुलाई कटटर राष्टबादी बोलीमा देखाउँदै आएका प्रधानमन्त्री ओलीमाथी नै महतो लगायतलाई सरकारमा लगेकोमा आफनो सत्ता टिकाउन ओलीले जे पनि गर्ने रहेछन भनी आलोचना भईरहेका बेला महतोको भनाईले ओलीलाई थप रक्षात्मक बनाईदिएको थियो ।
महतोको अभिब्यीक्तले एमाले बृतमा खैलाबैला मच्चाईदिएपछि शनिवार साझ नै प्रधानमन्त्री ओलीले महतोलाई सवै विषय संविधान संसोधन कार्यादल बनेको र त्यही राख्नुपर्नेमा बाहिर बोल्दै नहिड्न सुझाएका थिए ।
त्यसपछि महतोले राती नै आफनो धारणा प्रष्टाउादै बक्तब्य दिएका हुन् ।
हेर्नुहोस महतोको बक्तब्य

०००
प्रतिक्रिया